उपत्यकामा निषेधाज्ञा थप्न सीडीओहरूको बैठक बस्दै

उपत्यकामा निषेधाज्ञा थप्न सीडीओहरूको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउन  तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक मंगलबार बस्दैछ । निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गर्न आज तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

साथै उनका अनुसार आजको बैठकले निषेधाज्ञाको मोडालिटी पनि तय गर्नेछ । हालको जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदै छ ।