बालुवाटार बैठक सकारात्मक, मंगलवार कार्यदलले छानबिन समितिको टीओआर टुंग्याउने

बालुवाटार बैठक सकारात्मक, मंगलवार कार्यदलले छानबिन समितिको टीओआर टुंग्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु संसदमा जारी गतिरोध अन्त्य गर्न सत्ता र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबीचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति जुटेको हो ।

बालुवाटारमा बसेको बैठकपछि कानुनमन्त्री पदम गिरीले मंगलवार कार्यदेश (टीओआर) को टुंगो लाग्ने बताए । ‘करिब करिब सहमति भयो । भोलि छानबिन समिति बन्छ, कार्यादेश पनि जारी हुन्छ ।’, उनले भने ।

त्यस्तै नेपाली कांग्रेसका सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको भन्दै मंगलवार बिहान ११ बजे कार्यदल बसेर टुंगो लाग्ने बताए । उनले सहकारीमा भएको हिनामिनाको छानविन हुने जानकारी दिए ।

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।