काठमाण्डु- संक्रमणाकालीन न्यायसम्बन्धी विषयमा सहमति खोज्न बनेको कार्यदलको बैठकमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सकारात्मक छलफल भएको छ ।
बुधवार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको हो । आजको बैठकमा सकारात्मक छलफल भएको बताउँदै कार्यदल सदस्य जनार्दन शर्माले भने, ‘कार्यदलको बैठक सकारात्मक भएको छ । बैठकमा सुझाएका विषय छन् ।
पीडितसँग सहमति लिने सन्दर्भ पनि छ । कस्ता खालको मुद्दालाई कसरी परिभाषित गर्ने भन्ने छ । केही टुङ्ग्यायौँ केही बाँकी छ । ’ प्रमुख तिन दलले टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न कार्यदल गठन गरेका छन् । कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।




प्रतिक्रिया