काठमाण्डु – सरकारले मन्त्रिपरिषदलाई पुर्णता दिने तयारी गरेको छ । मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल गर्न सत्तारुढ चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।
आजको बैठकमा एमसीसी सम्झौताका बिषयमापनि छलफलहुने बुझिएको छ । सत्तारुढ गठबन्धनमा खटपट भन्ने समाचार बाहिरीएका बेला एकताको सन्देश दिनेगरी नेताहरु छलफलमा जुटेका हुन् ।
चारदलको बैठक अघि प्रचण्ड, नेपाल र यादवबीच बिहीबार बिहान उपेन्द्र यादवको निवास हात्तीवनमा छलफल भएको थियो।




प्रतिक्रिया