काठमाण्डु – भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गरेका छन् ।
मंगलबार भएको भेटमा द्विपक्षीय सहयोगबारे छलफल भएको राजदूत शर्माले जनाएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत तस्वीर सार्वजनिक गर्दै राजदूत शर्माले नेपाल–भारतबीचको बलियो र पुरानो सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको जनाएका छन् ।
पछिल्लो समय नेपाल–भारतको राजकीय सम्बन्धमा समस्या उत्पन्न भएको बताइन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न चाहे पनि भारतले तयारी गर्न ढिलाइ गरेको छ ।




प्रतिक्रिया