काठमाण्डु – भोलि शुक्रबार बस्ने संसद्को पाँचौं बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
बिहीबार संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ ।
सभामुख घिमिरेले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई वैशाख १९ गते शुक्रबार गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची छ ।
शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्नेछन् ।




प्रतिक्रिया