काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार भेटवार्ता भएको छ ।
भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहले सोमबार लखनउमा मुख्यमन्त्री योगीसँग भेट गरेका हुन् ।
भेटमा २ देशको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
यसअघि मुख्यमन्त्री शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटवार्ता गरेका थिए । मुख्यमन्त्री शाह नेतृत्वको टोली बैशाख १६ गते भारत भ्रमणमा गएको थियो ।
प्रतिक्रिया