काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपाल आएका जापानका उपपरराष्ट्रमन्त्री इक्युुना आकिकोले शनिबार शिष्टाचार भेट गरेकी छन् ।
प्रधाननमन्त्री निवास बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायुु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकोमा उपमन्त्री इक्युुनालाई धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले अनुुकूूल पूर्वाधार निर्माण, वातावरणीय दीगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव आफूहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उपमन्त्री इक्युुनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै आएको बहुुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताइन् ।
भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी थिए ।
प्रतिक्रिया