प्रधानमन्त्री ओलीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरबैजान गणराज्यको राष्ट्रपतिका जलवायुु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शनिबार शिष्टाचार भेट गरेका छन् ।

प्रधाननमन्त्री निवास बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले विश्वव्यापी साझा मुद्धा बनेको जलवायुु परिवर्तनका सवालमा आपसी सहकार्यका माध्यमबाट चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै यसका लागि अजरवैजानले गर्दै आएको अगुवाइप्रति धन्यवाद दिए ।

हिमालदेखि समुद्रसम्मको अवधारणामा ठूला मुलुकलाई पनि ध्यानाकर्षित गराउँदै असंलग्न राष्ट्रहरूले साझा प्रयास चाल्नुुपर्ने उनले बताए ।

सगरमाथा संवादका लागि नेपाल आएका विशेष प्रतिनिधि बाबायेभले नेपालले हिमालको रक्षा र वातावरणीय सुरक्षाका लागि गरेको सगरमाथा संवादका लागि बधाई दिँदै यसका सन्देशहरू विश्व समुुदायसमक्ष पुुर्‍याउने बताए ।

भेटका अवसरमा नेपालका लागि अजरवैजानका गैरआवासीय राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारी लगायत सहभागी थिए ।