काठमाण्डु – सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँगको छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफूलाई उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालय दिन माग गरेका छन् ।
सोमबारको छलफलबारे जानकारी दिँदै उच्च स्रोतले यादवले उपप्रधानमन्त्री पाएमा मधेश प्रदेश सरकारको नेतृत्व छाडेर कांग्रेसलाई दिन सहमति जनाएका छन् ।
यससँगै लुम्बिनी प्रदेश सरकारमा जसपाका मन्त्रीहरू पनि सहभागी हुनेछन् । यसैगरी रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई समेत कुनै १ मन्त्रालय दिएर सरकारमा ल्याउने विषयमा पनि छलफल भएको बताइएको छ ।
भेटवार्तामा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए ।




प्रतिक्रिया