काठमाण्डु – गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यबाहक राजदूत चामीरा मुनासिंघेले शिष्टाचार भेट गरेका छन् ।
बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यबाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेका हुन् ।
भेटमा गृहमन्त्री लेखकले नेपाल–श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगवानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए । आगामी दिनमा नेपाल– श्रीलंका बिचको २ पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जोड दिए ।
कार्यबाहक राजूदतले पनि नेपाल–श्रीलंकाबिचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरिन् । श्रीलंकाली नागरिकका लागि नेपाल एउटा पवित्र स्थान भएको चर्चा गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाको साथ सधैं रहने बताइन् ।




प्रतिक्रिया