चुनावको वातावरण बनाउन त्रिपक्षीय छलफल गराउँदै सरकार, दलहरू र जेनजी सहभागी हुने

चुनावको वातावरण बनाउन त्रिपक्षीय छलफल गराउँदै सरकार, दलहरू र जेनजी सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी निर्वाचनको वातावरण निर्माणका लागि सरकारले सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल आयोजना गर्ने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा ३ पक्षबीच प्रत्यक्ष संवाद हुने भएको हो ।

सरकारले छलफललाई फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै पक्षको सहकार्य सुनिश्चित गर्ने अवसरका रूपमा लिएको छ ।

प्रधानमन्त्री कार्कीका अनुसार छलफलमा राजनीतिक दलका शीर्ष नेता र जेनजी आन्दोलनका अगुवाहरू सहभागी हुनेछन् । सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै मन्त्रीहरू सहभागी हुनेछन् ।

बैठकबाट आगामी निर्वाचनका तयारी, शान्ति सुरक्षाको अवस्था र जेनजीले उठाएका विषयबारे साझा समझदारी बनाउने प्रयास हुने जनाइएको छ ।