काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद्का सभामुख र अध्यक्षसँग बालुवाटारमा समसामयिक राजनीतिक विषयमा छलफल गरेकी छन् ।
प्रधानमन्त्री कार्की र संसद्का सभामुख तथा अध्यक्षबीच भएको भेटवार्तामा पछिल्लो समय राजनीतिक दल र सरोकारवाला निकायसँगको संवाद र फागुन २१ गते हुने चुनावको तयारीबारे केन्द्रित छलफल भएको छ ।
सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, संसद्का महासचिव पद्मप्रसाद पाण्डे तथा सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका थिए ।




प्रतिक्रिया