गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आईतबार गृह मन्त्रालयमा भएको द्विपक्षीय भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबिच निर्वाचनका लागि शान्ति सुरक्षाको विषयमा कुराकानी भएको छ ।

भारत सरकारले २ देशबिच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधैं सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउँदै निर्वाचन सफल बनाउन खेल्नुपर्ने भूमिका लागि सधै सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले व्यक्त गरे ।

मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको र घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न अहोरात्र लागि परेको जानकारी मन्त्री अर्यालले भेटका क्रममा बताए ।

भेटमा मन्त्री अर्यालले भारत सरकारले नेपालप्रति मित्रवत भावनाप्रति धन्यवाद दिंदै, नेपाल र भारतबिच कायम रहेको सम्बन्ध सधैं निरन्तर रहने कुरा प्रस्ट्याए ।

भेटमा २ देशबिच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण रहने विचार समेत मन्त्री अर्यालले व्यक्त गरेका छन् ।