काठमाण्डु – अर्थमन्त्री रामेश्वर खनाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले बुधबार राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा राष्ट्रिय सभाको सभाकक्ष निर्माण सम्बन्धी विषयमा विशेष छलफल भएको जनाइएको छ ।
भेटका क्रममा दुवै मन्त्री र अध्यक्ष दाहालबीच निर्वाचन सम्बन्धी विषयवस्तुका साथै सरकार र संसदबीचको प्रभावकारी समन्वय र सहकार्य लाई थप सुदृढ गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।
अध्यक्ष दाहाल र मन्त्रीहरूबीच समसामयिक राजनीतिक तथा संसदीय मामिलामा समेत विचार आदानप्रदान भएको बताइएको छ ।




प्रतिक्रिया