सर्वपक्षीय छलफलमा कांग्रेसबाट गगन र एमालेबाट शंकर उपस्थित, अरु को–को ?

सर्वपक्षीय छलफलमा कांग्रेसबाट गगन र एमालेबाट शंकर उपस्थित, अरु को–को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वपक्षीय बैठकमा सबै प्रमुख पार्टीका प्रभावशाली नेताहरू उपस्थित भएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीका विषयमा छलफल गर्न बालुवाटारमा सर्वपक्षीय बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा प्रमुख राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका पदाधिकारीहरू र ३ वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति छ ।

बैठकमा सरकारका मन्त्रीहरू पनि सहभागी छन् । प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा निर्वाचनको तयारीलाई केन्द्रमा राखिएको छ ।

नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र महेश बर्तौला, नेकपाबाट शक्ति बस्नेत र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजेन्द्र गुरुङ र भुवन पाठक, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रकाश अधिकारी, जनमत पार्टीबाट नरेन्द्र चौधरी बैठकमा सहभागी छन् ।

निर्वाचनको तयारीको अवस्थाबारे जानकारी गराउन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुनशमशेर राणा लगायत सचिव महादेव पन्थ र सहसचिवहरू नारायण प्रसाद भट्टराई, यज्ञप्रसाद भट्टराई, र राजेन्द्रकुमार केसी पनि बैठकमा सहभागी छन् ।

बैठकमा चुनावी सुरक्षा व्यवस्थापन, निर्वाचन कार्यतालिका र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्ने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।