बालुवाटारमा सहमति जुट्यो, अब चुनाव हुन्छ : प्रवक्ता खरेल

बालुवाटारमा सहमति जुट्यो, अब चुनाव हुन्छ : प्रवक्ता खरेल


काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब चुनाव हुनेमा द्विविधा नरहेको बताएका छन् ।

शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि मन्त्री खरेलले चुनावका लागि सरकार र दलहरूबिच सहमति जुटेको बताए ।

छलफलपछि मन्त्री खरेलले सञ्चारकर्मीलाई भने, ‘चुनावमा जाने कुरामा द्विविधा छैन । अब चुनाव हुन्छ, सबै राजनीतिक दल चुनावमा जान तयार छन् । वातावरण र सुरक्षाका लागि प्रधानमन्त्रीले स्पष्ट भन्नुभएको छ । अब चुनाव हुन्छ ।’

उनले अगाडि भने, ‘छलफलमा सभापति देउवाले कांग्रेसको प्राथमिकता चुनाव नै रहेको भन्नुभयो, एमाले अध्यक्ष ओलीले चुनावका लागि तयार रहेको तर वातावरण बनाइदिनुपर्‍यो भन्नुभयो ।’

चुनावमा अवरोध हुनसक्ने स्थानहद लगायत अन्य कुरा हट्दै र हटाइँदै जाने कुरामा छलफल भएको समेत उनले जानकारी दिए ।