काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।
गृहमन्त्री अर्यालले नेपाल–श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै श्रीलंका सरकारले नेपाललाई विभिन्न क्षेत्रमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए । श्रीलंका सरकारले नेपालको गौतम बुद्धको जन्मस्थलस्थल लुम्बिनीको विकासमा योगदानका दिएको छ ।
आगामी दिनमा नेपाल–श्रीलंकाबिचको २ पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा मन्त्री अर्यालले जोड दिए ।
राजूदत डेल्पिटियाले पनि नेपाल–श्रीलंकाबिचको आफ्नो कार्यकालमा सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरे । भेटमा राजूदत डेल्पिटियाले नेपालमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबारे पनि चासो व्यक्त गरेका छन् ।




प्रतिक्रिया