काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
नवनिर्वाचित सभापति र उपसभापतिद्वयले शनिबार दिउँसो पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग महाराजगञ्ज पुगेर भेटवार्ता गरेका हुन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवासँग दुवै नेताको भेटवार्ता भएको जानकारी दिए । थापा र शर्माले कांग्रेसलाई एकताबद्ध राख्ने विषयमा देउवासँग छलफल गरेका छन् ।
निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई वैधता दिएपछि देउवापक्षीय नेताहरूले अदालत जाने निर्णय गरेका छन् । तर माघ ६ गते प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले समय अभावका कारण पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले पहलकदमी लिएका बताइएको छ ।
विशेष महाधिवेशन गरेपछि देउवा पक्षले थापा र शर्मालाई ५ वर्षका लागि कांग्रेसबाट निष्कासित गरेको थियो ।




प्रतिक्रिया