काठमाण्डु – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबिच सदियौँदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ ।
भेटमा स्वास्थ्यमन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति कृतज्ञता प्रकट गरिन् ।
भेटवार्तामा नेपालका राष्ट्रियस्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रहरूको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग र सहकार्यलाई थप मजबुत तथा प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ ।




प्रतिक्रिया