स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबिच भेटवार्ता

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबिच द्विपक्षीय भेटवार्ता भएको छ ।

स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभामा सहभागी हुने गएको बेला उनीहरूबिच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ ।

भेटवार्तामा मन्त्रालयका प्रवक्ता यशोदा अर्यालसमेत सहभागी थिइन् । स्वास्थ्यमन्त्री मेहता ३ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेठ ३ गते जेनेभा गएकी थिइन् ।