परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानिएल मेउलीले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबिच नेपाल र स्वीट्जरल्यान्ड बिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

यसै वर्ष नेपाल र स्वीट्जरल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदैछ । सन् १९५६ मा २ देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।