प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक सभामुख निवासमा जारी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक सभामुख निवासमा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल गर्न बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

यसअघि गत शनिबार पनि सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड, ओली र देउवाबीच छलफल भएको थियो ।