गठबन्धनको बैठकः प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष, के-के भयो निर्णय ?

गठबन्धनको बैठकः प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष, के-के भयो निर्णय ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संघीय संसद्को बैठकलाई कसरी चलाउने भन्नेबारे छलफल भएको छ ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भोलि बस्ने बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताका बारेमा प्रस्तुत गर्ने विषयमा नेताहरुबीच छलफल भएको छ ।

बैठकमा संसदमा भोलि प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए। त्यस क्रममा प्रधानमन्त्रीले अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर सुझाव मागेका थिए।

पाण्डेले निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको बताए। यस्तै बैठकले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको निश्कर्ष निकालेको छ । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने दबाब बढिरहेको छ ।

 बालुवाटार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुन नभएको प्रष्टाए। यस्तै आजको बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको छ।