बालुवाटार बैठक: बजेटमा सत्ता गठबन्धनकै दलहरुले राखेको असन्तुष्टिबारे छलफल

बालुवाटार बैठक: बजेटमा सत्ता गठबन्धनकै दलहरुले राखेको असन्तुष्टिबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनको बैठकमा बजेटमा दलहरुले राखेको असन्तुष्टिबारे छलफल भएको छ । आज बालुवाटारमा बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्ता गठबन्धनमै आवद्ध दलहरुले राखेको असन्तुष्टिबारे छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए।

आगामी बजेटलाई लिएर सबैभन्दा असन्तुष्टि नेकपा एकीकृत समाजवादी पार्टीले देखाइरहेको छ। माधव नेपालले बजेट यथास्थितिमा पास भए सरकार ढल्नेसमेत चेतावनी दिदैँ आइरहेका छन् । त्यस्तै जसपाका नेताहरूले सार्वजनिक रूपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने बताउदैँ आइरहेका छन् ।