माओवादी केन्द्रीय कमिटीको चौथो दिनको बैठक जारी

माओवादी केन्द्रीय कमिटीको चौथो दिनको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रीय कमिटीको चौथो दिनको बैठक बसिरहेको छ । कमलादीस्थित प्रज्ञा भवनमा शनिबार बिहान ११ बजेपछि बैठक सुरू भएको हो।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। बुधबारदेखि सुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।

अहिलेसम्म झन्डै सय जना सदस्यहरूले बोलिसकेका छन्। बाँकीले आज बोल्नेछन्।