लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जेको प्रथम क्याबिनेट बैठक सम्पन्न

लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जेको प्रथम क्याबिनेट बैठक सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जेको प्रथम क्याबिनेट बैठक सम्पन्न भएको छ । २०२३/२०२४ को प्रथम क्याबिनेट बैठक  काठमाण्डुको धुम्बाराहीस्थित कुण्डलिनी दरबार बैंकेटमा सम्पन्न भएको हो ।

साहसिक सुरुवात भन्ने मुल नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जेले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा अन्तरास्ट्रिय डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, बिशिस्ट अतिथिको रुपमा पिआइडि लायन संजय खेतानको उपस्थित रहेको थियो।

त्यसैगरी बिशेष अतिथि लायन खगेन्द्र सिटौला, लायन केशब पाण्डे , लायन विशेस्वर आचार्य, निबर्तमान डिस्ट्रिक गभर्नर धुर्ब श्रेष्ठ, पी.डी.जी लायन ध्रुब थापा, लायन योगेन्द्र प्रधान र लायन प्रेम बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो। प्रमुख अतिथि बुर्लाकोटीले लायन्स अन्तरास्ट्रियको वर्तमान तथा भविष्यको योजना र लायन्स क्लब तथा सदस्यको भूमिका कस्तो रहनु पर्छ भन्ने बिषयमा आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । त्यसैगरी बिशेष अतिथिको रुपमा पि.आइ.डि लायन संजय खेतानले नेपालमा लायानिजम को विकास र बिस्तारमा गरेको ऐतिहासिक उपलब्धिलाइ लायन्स अन्तरास्ट्रियले सधै प्रसंसा गरेको सन्दर्भलाइ ब्यक्त गरेका छन् ।

डिस्ट्रिक ३२५ जेको आफ्नो प्रमुख कार्यक्रम अन्तर्गत बि. एस. एफ फण्ड स्थापना गरि समाजमा उत्कृस्ट योजना भएका कम अवासर पाएका व्यक्तिहरुको लागि स्टार्ट अप फण्ड प्रदान गर्ने गरि उधमशिलता को बिकास र सामाजिक सेवालाई संगै जोडेर अगाडी बढ्ने र उत्कृस्ट डिस्ट्रिक निर्माण गर्नका लागि सबै संग सहकार्य गर्ने कुरा को चिफ एड्भाइजर एबम् बि.एस.एफ को अर्डिनेटर लायन देबी गुरुङ्गले जानकारी गराएकी छन्।

लायन्स क्लब अन्तरास्ट्रिय ३२५ जे ले आयोजना गरेको एक दिवसीय कार्यक्रम क्याबिनेट सेक्रेटरी लायन आर बि अधिकारी ले संचालन गरेका थिए भने कार्यक्रमको अध्यक्ष्यता डिस्ट्रिक गभर्नर लायन हरि प्रसाद मरहठाले गरेका थिए। डिस्ट्रिक क्याबिनेट बैठक लायन्स क्लब अफ काठमाण्डु बुढी गण्डकीले होस्ट गरेको थियो।