कांग्रेस संस्थापन इतर पक्षको बैठक जारी, विश्वप्रकाश र प्रदीप गएनन्

कांग्रेस संस्थापन इतर पक्षको बैठक जारी, विश्वप्रकाश र प्रदीप गएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक बसिरहको छ । पार्टीको केन्द्रीय कमिटी बैठकअघि नेता शेखर कोइरालाले बोलाएको बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसिरहेको हो ।

बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय कार्यसमिति सदस्य डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरू सहभागी छन्।

केन्द्रीय कार्यसमिति बैठकको दुई दिनअघि बसेको इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत बोलाइएको थियो। तर, उनीहरू बैठकमा सहभागी भएका छैनन्।