काठमाण्डु- सर्वदलीय बैठकमा राजनीतिक दलहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई सुझाव दिएका छन्।
आज बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले स्वदेश फर्किन चाहनेलाई तत्काल हवाईजहाज पठाएर स्वदेश ल्याउने व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिएका हुन् । इजरायल हमासको युद्धमा फसेका नेपालीको उद्धारमा ढिलाइ गर्न नहुनेमा दलहरुले जोड दिए।
सरकारले इजरायलमा भएको हमासको आक्रमणमा नेपाली मारिएकोबारे छलफल गर्न सोमबार डाकेको सर्वदलीय बैठकमा सरकारले मन्त्रिपरिषदले गरेका निर्णय र उद्धारका सरकारी प्रयासबारे जानकारी गराएको थियो।
बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले इजरायलमा भएको घटनाबारेमा छलफल भएको तथा राष्ट्र र समग्र पार्टी नै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको बताए। त्यस्तै सबै दलका नेताहरुले इजरायलमा रहेका नेपालीहरुको सुरक्षा र मृतकको शव यथाशिघ्र नेपाल ल्याइ परिवारलाई बुझाउन आग्रह गरेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।




प्रतिक्रिया