काठमाण्डु- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा लैजान प्रमुख तीन दल सहमत भएका हुन् ।
पीडितलाई केन्द्रमा राखेर विधेयकमाथि संसदमा छलफल गर्न बैठक महत्त्वपूर्ण भएको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । यो विधेयक अन्य विधेयकभन्दा फरक र गम्भीर विषय भएर संसदीय समितिमार्फत विलमाथि छलफल तीन दल सकारात्मक छलफल भएको उनले प्रतिक्रिया दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली लगायत मुख्य सचेतक लगायतका नेताहरू सहभागी थिए ।




प्रतिक्रिया