संबैधानिक परिषदको बैठकः विपक्षी दलका नेता उपस्थित, सभामुख अनुपस्थित

संबैधानिक परिषदको बैठकः विपक्षी दलका नेता उपस्थित, सभामुख अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुु– संवैधानिक परिषद्को बैठक सुरु भएको छ । मंगलबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा , राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा उपस्थित छन् ।

प्रतिनिधिसभा सदस्य अग्नी प्रसाद सापकोटा भने बैठकमा अनुपस्थित भएका छन् । सभामुख सापकोटासँग प्रधानमन्त्री ओलीले समन्वय नगरेको, पर्याप्त गृहकार्य नभएको भन्दै सभामुख अनुपस्थित भएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

६ सदस्यीय संवैधानिक परिषदमा अध्यक्षसहित ५ जना सदस्यको उपस्थिति हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।