काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार प्रधानसेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भेटघाटले दुई बिचको आपसी सम्बन्धलाई सुमधुर एवम प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।




प्रतिक्रिया