प्रधानसेनापति शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच शिष्टचार भेटवार्ता भएकाे छ ।

मंगलबार प्रधानसेनापति शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिनबीच जंगी अड्डामा भेटवार्ता भएकाे हाे ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

दक्षिण तथा मध्य एशियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अख्तर सोमबार दिउँसो काठमाडौं आइपुगेकी हुन्। भ्रमणका क्रममा उनले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै सरकारी अधिकारीहरूसँग पनि भेटघाट गर्नेछिन्।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।