काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । राजदूत पोलिटले सोमबार जङ्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग् भेटवार्ता गरेकी हुन् ।
उनीहरुबीचको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।




प्रतिक्रिया