काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो ।
कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका आकांक्षी हुन् । तीन नेताबीच भएको भेटमा पार्टीको आसन्न महाधिवेशनमै केन्द्रित भएर कुराकानी भएको स्रोतले बताएको छ । पार्टीभित्र देखिएको विवाद समाधानबारेपनि नेताहरूबिच छलफल भएको बुझिएको छ ।
कांग्रेसको महाधिवेशन नजिकिंदै गर्दा सभापतिका आकांक्षीहरूले फेरी भेटवार्ता तीव्र बनाएका छन् । यसअघिको भेटका क्रममा उनीहरूले आफूहरू तीन जनामध्ये एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।




प्रतिक्रिया