प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छन्।

त्यस्तै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको छ । विभिन्न समितिका सभापतिले बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ।

यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची छ। ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले पेश गर्ने कार्यसूची छ।