आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशको नतिजा प्रकाशन हुने

आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशको नतिजा प्रकाशन हुने


काठमाण्डु – न्याय सेवा आयोगको बैठक आज बस्दैछ । जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगको बैठक आज अपराह्न ३ बजेका लागि बोलाएका हुन् ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले पनि जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न बैठक बस्न लागेको पुष्टि गरे ।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष आयोगको सदस्य रहन्छन् ।