विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै


काठमाण्डु – विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहने परिषद्को बैठक अपरान्ह ४ बजेका लागि बोलाईएको छ ।

बैठकमा गएरातिदेखि परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले पुर्‍याएको क्षतिका बारेमा छलफल हुनेछ भने हालको स्थितिबारे समीक्षा हुने बताइएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत सदस्य रहन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement