काठमाण्डु – पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यसम्पादनमाथि छलफल गर्न बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटवार्तापछि सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक तय भएको हो ।
दुई महिना नपुग्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारवाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा खटपटी सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो।
बैठकमा मुख्यत: प्रचण्ड सरकारको पुर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको बिषयमा छलफल हुनेछ। प्रधानमन्त्री निवास वालुवाटारमा हुने संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरुको उपस्थिति रहनेछ।




प्रतिक्रिया