काठमाण्डु- सत्ता गठबन्धनमा आवद्ध दलहरु सोमवार बिहान छलफलमा जुट्ने भएका छन् । सत्ता गठबन्धन फुट्ने सम्भावना रहेका बेला गठबन्धनका शिर्ष नेताहरु छलफलमा जुट्न लागेका हुन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग मिल्ने तयारी गरिरहेका बेला सत्ता गठबन्धनको बैठक सोमवार विहान ८ बजे बस्ने भएको छ । सत्ता गठबन्धनको यस बैठकले सरकारको आयू निर्धारण गर्ने स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्न थालेपछि नेपाली कांग्रेस झस्किएको छ । यसैबीच आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागि १० जना मन्त्रीसँग सामूहिक छलफल गरेका छन् ।
प्रधानमन्त्री दाहालसंग अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका छन् ।




प्रतिक्रिया