शीतलनिवासमा शीर्ष वार्ता : राष्ट्रपतिसँग वर्तमानसहित ३ पूर्वप्रधानमन्त्रीको भेट

शीतलनिवासमा शीर्ष वार्ता : राष्ट्रपतिसँग वर्तमानसहित ३ पूर्वप्रधानमन्त्रीको भेट


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा राष्ट्रपति कार्यालय शीतलनिवासमा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसहित ३ पूर्वप्रधानमन्त्रीको भेटवार्ता भएको छ ।

विघटित प्रतिनिधि सभाका प्रमुख ३ शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको शीर्ष नेतृत्व शीतलनिवास पुगेर वर्तमान प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलसँग भेट गरेको हो ।

छलफलमा पूर्वप्रधानमन्त्री त्रय एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

जेनजी आन्दोलनपछि ३ वटै दलका शीर्ष नेतासँग राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीको संयुक्त भेट पहिलोपटक भएको हो ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे छलफल भइरहेको छ । कांग्रेस र एमाले विघटित प्रतिनिधिसभा पुन:स्थापनाको एजेन्डा अगाडि बढिरहेका बेला संयुक्त भेटवार्ता भएको छ ।