मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा विशेष छुट

मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा विशेष छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाण्डुको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ । मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाण्डु लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।