मेगा बैंकको मुद्दती तथा बचत खातामा उच्च ब्याजदर, नयाँ बचत योजना पनि सार्वजनिक

मेगा बैंकको मुद्दती तथा बचत खातामा उच्च ब्याजदर, नयाँ बचत योजना पनि सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । दशैंलाई मध्यनजार गर्दै मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।

ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९.५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।

मेगा बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ ।

दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैंयामा खोल्न सकिने मेगा बैंकले जनाएको छ ।