मेगा बैंककी डेपुटी सीईओ रविना सुप्रवल जनसेवाश्री (चतुर्थ) बाट विभुषित

मेगा बैंककी डेपुटी सीईओ रविना सुप्रवल जनसेवाश्री (चतुर्थ) बाट विभुषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेगा बैंक लिमीटेडकी नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ संविधान दिवसको अवसरमा विभुषित हुने भएकी छिन् ।

आज सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्ने सुप्रवल जनसेवाश्री (चतुर्थ) बाट मेगा बैंककी नायव प्रमुख कार्यकारी अधिकृत देशराज विभुषित हुने भएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आयोजित समारोहमा उनलाई विभुषित गर्नेछिन् ।

नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन् । करिब ३ दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजेनश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् ।

भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन् ।