दृष्टि आई केयरमा मेगा बैंकका ग्राहकहरुलाई उपचारमा विशेष छुट

दृष्टि आई केयरमा मेगा बैंकका ग्राहकहरुलाई उपचारमा विशेष छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाण्डुको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने सम्झौता भएको छ ।मेगा बैंक नेपाल लिमिटेड र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परिक्षण र ल्यावमा ५/५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन् ।

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।