मेगा बैंक दश वर्षमा प्रवेश

मेगा बैंक दश वर्षमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मेगा बैंक नेपाल दशौं वर्षमा प्रवेश गरेको छ । नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए ।

“विगत ९ वर्षसम्मको समीक्षा गर्दा मेगा बैंकले शाखाहरुको सञ्जाल विस्तारमा झण्डै ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको छ,” अध्यक्ष शाहले बताए ।

बैंकको दीर्घकालीन रणनीति अनुसार, देशका ७ वटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्य पहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका–महानगरपालिकाहरुमा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको उनले बताए ।

सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको अध्यक्ष शाहले प्रस्ट पारे । हलोदेखि हाइड्रो’सम्म भन्ने नारा लिएको मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप संकलन १९ अर्बबाट बढेर ८२ अर्ब, कर्जा प्रवाह १५ अर्ब ५० करोडबाट बढेर ७३ अर्ब पुगेको छ भने ग्राहक संख्या पनि झण्डै १ लाख ४६ हजार बढेर ६ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार पुगेको छ ।