मेगा बैंकले ल्यायो डेढ करोडसम्म बिमा सुविधा बचत खाता

मेगा बैंकले ल्यायो डेढ करोडसम्म बिमा सुविधा बचत खाता


काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ग्राहकलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । ग्राहकलाई आकर्षक र नविनतम सुविधा प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना सञ्चालनमा ल्याएको हो ।

खातावाल तथा श्रीमान-श्रीमती लगायत दुईजना सन्तानका लागि यो खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीनवटा विकल्प राखिएको छ । तीन फरक योजनामध्ये आफूलाई उपयुक्त योजना छनोट गर्न सकिनेछ । जसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम डेढ करोड सम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको छ ।

यो वाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बिमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम भएको बैंकले जनाएको छ । यो खाता खासगरी निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमुलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने मेगा बैंकको विश्वास छ ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकको यस योजनालाई ग्राहकहरुले अत्याधिक मन पराउने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीको विश्वास छ ।

यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यसका अलवा मेगा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बिमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको छ ।