मेगा बैंक र मोको डिजिटल वालेटबीच सम्झौता,अनलाइन भुक्तानी सहज

मेगा बैंक र मोको डिजिटल वालेटबीच सम्झौता,अनलाइन भुक्तानी सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात बिना कुनै शुल्क सहज रुपमालोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन ।

मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूलेआफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन ।

यस सुविधा मार्फत ग्राहकहरुले हरेक कारोवारको लागिपटक–पटक मौज्दात लोड गर्नुनपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहजहुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।

सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेट कानवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उनले खुसी व्यक्त गरे ।

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो। यो एपले भुक्तानी कार्ड उद्योग डाटा सुरक्षा मानकको नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो एप सुरक्षित व्याक इण्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्वसिंहले जानकारी दिए ।

उनकाअनुसार, मोको डिजिटल वालेट प्रयोगकर्ताहरूले यूनीफाइड क्यूआर भुक्तानीको समेत लाभ लिन सक्नेछन ।