मेगा बैंकबाट १५ हजार मासिक किस्तामा गाडी

मेगा बैंकबाट १५ हजार मासिक किस्तामा गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्रालिबीच किस्तामा गाडी कर्जा उपलब्ध गराउन सम्झौता भएको छ।

नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेश लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, नारायणी अटोबाट अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ। ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार साढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन्।

प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ। यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकले जनाएको छ।