काठमाण्डु– मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म झन्डै २ अर्ब रुपैयां नाफा आर्जन गर्न सफल भएको छ। बुधवार सार्वजनिक भएको वित्तिय विवरणमा बैंकले ३५.९५ प्रतिशतले नाफा बढाउंदै १ अर्ब ९७ करोड रुपैयां आर्जन गर्न सफल भएको हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयां खुद नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २९ करोड रुपैयां रहेको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १८.१९ रुपैयां पुगेको छ। पीई रेसियो १७.६५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने १३६.४१ रुपैयां रहेको छ।
मेगाको संचालन भने गत वर्षको भन्दा बढेको छ । गत वर्ष २ अर्ब ७ करोड रहेकोमा यस वर्ष संचालन मुनाफा २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। यो अवधिमा बैंकले १ खर्ब ३३ अर्ब रुपैयंँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब रुपैया कर्जा लगानी गरेको छ। बैंकको रिजर्भको आकार १.६८ प्रतिशतले बढेर २ अर्ब ९७ करोड रुपैयाँको उचाइमा पुगेको छ।





प्रतिक्रिया